२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

शुभ अवसरग्रामद्धारा स्वास्थ्य सामाग्री वितरण

२०७८ भाद्र २४, बिहिबार प्रकाशित ( साल अघि) १३८५ पाठक संख्या

काठमाण्डौ  । शुभ अवसरग्राम समाजिक सस्थाले स्वास्थ्य विभाग टेकुलाइ बुधवार स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

कोभिड १९ बाट प्रभावितहरुको उपचारमामा सहजता ल्याउन स्वास्थ्य सामाग्री वितरण गरिएको सस्थाले जनाएको छ । उक्त कार्यक्रममा वोल्दै शुभअवसरग्रामकी अध्यक्ष सानु अमात्यले, “ सरकारी अस्पतालहरुमा आवश्यक श्रोत र साधनको कमिले कोभिड – १९ बाट प्रभावितहरुको उपचारलाई व्यवस्थित गर्न नसकिएको सन्दर्भमा नेपाल सरकारलाई कोभिड–१९ को प्रतिकार्यमा सहयोग गर्ने उद्देश्यका सामग्रीहरु प्रदान गर्न लागिएको हो” ।  बताउनु भयो ।

त्यस्तै गरि गुड शेपर्ड इन्टरनेशलन फाउण्डेसन नेपालकी राष्ट्रिय निर्देशक सिस्टर टस्किला निकोलसले ,काभिड–१९ को प्रतिकार्यको लागि वेगेका, जर्मनी वाट प्राप्त स्वास्थ्य सामग्रीहरु समयमा नै सम्वन्धित सबै सरकारी अस्पतालहरुमा पुग्नुपर्ने र सोको प्रभावकारी सदुपयोग तथा व्यवस्थापन गर्नुपर्ने कुरामा जोड दिनु भयो ।  कार्यक्रममा संस्थाकी निर्देशक दुर्गा श्रेष्ठले शुभ अवसर ग्राँमको कोभिड–१९ को प्रतिकार्य अभियानमा सहयोग गर्नुहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, समाज कल्याण परिषद्, गुड शेपर्ड इन्टरनेशलन फाउण्डेसन नेपाललाई धन्यवाद दिनु भएको थियो ।

समाज कल्याण परिषद्की का।मु।। निर्देशक भगवती संग्रौला र गुड सेपर्ड इन्टरनेशलन फाउण्डेसन नेपालकी राष्ट्रिय निर्देशक सिस्टर टस्किला निकोलस द्धारा स्वास्थ्य सेवा विभाग, व्यवस्थापन माहाशाखा प्रमूख उपेन्द्र ढुंगानालाई सामग्री हस्तान्तरण गर्नु भएको थियो ।
बेगेका जर्मनीको सहयोग तथा गुड सेपर्ड इन्टरनेशनल फाउण्डेसन इटालीको समन्वयमा प्रदान गरिएको उक्त स्वास्थय समाग्रीमा सामग्रीमा २५ थान अक्सिजन कन्सन्ट्रेटर, तीन हजार दुई सय फेस माक्स र ८० वटा नेजल अक्सिजन क्यानुला रहेको छ । सामग्री कन्चनपुर, बाके, गुल्मी, रुपन्देही, धादिङ, बाग्लुङ, तनहुँ, स्याङ्जा र कास्की गरी ९ वटा जिल्लाका १६ सरकारी अस्पतालहरुलाई उपलब्ध गराईने जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस