२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

पशुपतिमा बाहिरबाटै शिवजीको दर्शन

२०७८ भाद्र २४, बिहिबार प्रकाशित ( साल अघि) ९६७ पाठक संख्या

काठमाडौँ — भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । कोरोना महामारीका कारण यस वर्ष शिव मन्दिरहरूमा विगतमा जस्तो भीडभाड भने छैन ।

मुलुकका अधिकांश मुख्य मन्दिरहरू नित्य पूजाका लागि बाहेक खुला गरिएका छैनन् । काठमाडौंस्थित पशुपतिनाथ परिसरमा रहेका पीठहरूमा महिलाहरू पूजाका लागि पुगेका छन् । महामारीका कारण मुख्य मन्दिर भने खोलिएको छैन । पशुपतिनाथ मन्दिर वैशाख पहिलो सातादेखि नै बन्द गरिएको छ । नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम केही कम भएकाले तीज व्रतको भोलिपल्ट यही भदौ २५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्ने पशुपति क्षेत्र विकास कोषको तयारी छ । पशुपतिनाथ मन्दिर बन्द रहे पनि पशुपति क्षेत्रमा भने भक्तजन आउन पाउने कोषका सदस्य सचिव मिलनकुमार थापाले बताए । पशुपति क्षेत्रमा आउँदा मास्क अनिवार्य लगाउन, भौतिक दूरी कायम गर्न भने कोषले आह्वान गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस