२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

काँग्रेस महाधिवेशन : कस्तो नेता चुन्ने ?

२०७८ भाद्र १८, शुक्रबार प्रकाशित ( साल अघि) १६०४ पाठक संख्या

अमृत कुमार श्रेष्ठ

कावासोती । नेपाली काँग्रेसको १४ औं महाधिवेशन यही मंसिरमा गर्ने गरि कार्यतालिका सार्वजनीक भएको छ । घोषित कार्यतालिका बमोजिम भाद्र १८ गते वडा अधिवेशन शुरु हुँदैंछ । नवलपुरमा भने भाद्र २१ गतेलाई वडा अधिवेशन तोकिएको छ । यो सन्र्दभमायती बेला फेरी एकपटक सबैको ध्यान नेपाली काँग्रेसको महाधिवेशनतिर तानिन सुरु भइसकेको छ । नेपाली काँग्रेस मुलुककै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी हो । काँग्रेसले महाधिवेशनमार्फत् लिने निति तथा कार्यक्रमले समग्र नेपालीजनता र मुलुकको भविष्य निर्धारण गर्दछ । त्यसकारण पनि काँग्रेसको महाधिवेशनप्रतिआमचासो हुनु स्वभाविक हो । काँग्रेसको १४ औं महाधिवेशन निति तथा कार्यक्रमक ाहिसावले त महत्वपुर्ण छदैछ , त्यो भन्दा महत्वपुर्ण अर्को पक्ष भनेको नेतृत्वको हो ।

विपिकोइरालाले युवा अबस्थामानै नेपालीकाँग्रेस पार्टी को स्थापना गरेका थिए । बिपी कोइराला ३५ वर्षको उमेरमा पार्टी सभापति बनेका थिए र ४३ वर्ष को उमेरमा देशको प्रधानमन्त्री बनेका थिए । चौधौं महाधिवेशनको रौनक सुरु भएसंगै काँग्रेस भित्र फेरी एकपटक असल नेतृत्वको बिषयले प्रवेश पाएको छ । काँग्रेस त्यतीबेला मात्र गतिशिल बन्छ , जतीबेला असल नेतृत्व यसले प्राप्त गर्दछ । यतीबेला वडा देखि केन्द्र सम्मको नेतृत्व छान्ने अबसर काँग्रेसी कार्यकताहरुलाई आएको छ । हो ,यस्तो बेलामा निष्पक्ष भएर काम गर्न सक्ने , नेतृत्व प्रदान गर्न सक्ने , क्षमता भएका व्यक्तीलाई नेतृत्वमा पुर्याउन आवश्यक छ । गुटगत रुपमा लागेर यतीबेला असल नेता छान्न हामी चुक्यौं भने काँग्रेस र हाम्रो कसैको पनि भविष्य सुरक्षीत छैन । यती बेला दाई को कुरा सुन्ने यहा नेताको कुरा सुन्ने भन्दा पनि आम काँग्रेस कार्यकर्ताले आफ्नो मनको कुरा सुन्ने बेला हो । यति बेला हामीले गणेश होईन कुमार रोज्नुपर्ने बेला हो । सुमेरु पर्वत घुम्न जाने कुमारलाई छाडेर बाआमालाई नै घुमिरहने गणेशलाई बरदान दिँदा कुमार लाइ अन्न्याय भएको थियो फेरी पनि हामीले कुमारलाई अन्न्याय गर्नु हुन्न । यो पटक हामीले कुमारनै रोज्नु पर्छ अर्थात् कर्मशिल व्यक्तीलाई वडा देखि केन्द्र सम्म नेतृत्वमा पुर्याउन आवश्यक छ । चाकडीमा रमाउनेहरु अवसरवादी हुन्छन् । अवसरवादी नेतृत्व चुनियो भने त्यो हाम्रो लागिनै धोका सावित हुन्छ । पछि पछुताउनु भन्दा अहिलेनै नेतृत्व चयन बेलामा सोच बिचार गरेर नेतृत्व चयन गर्नुनै बुद्धिमत्तापुर्ण हुनेछ ।

काँग्रेसको नेतृत्व गर्नका लागि वडा देखि केन्द्र सम्म नै अत्यन्त क्षमतावान समुह तयार भइसकेको छ । काँग्रेसका प्रतिनिधिहरुले अब यो बिषयमा सोच्न आबश्यक छ । यति बेला नेतृत्व चयन गर्दा पार्टीमा व्यक्तीले पुर्याएको योगदानलाई महत्व लिदन आवश्यक छ । पार्टीमा निरन्तर सक्रिय व्यक्तीलाई छाडेर अधिवेशनका बेलामा मात्र सक्रिय हुने अरु बेला पार्टीको कामलाइ वेवास्ता गर्ने  केहि स्वार्थ सुमुहलाई यो पटक कार्यकर्ताले रोज्न हुँदैन । नेतृत्व दिँदा प्रतिपक्षी संग हरेक मोर्चामा जुध्न सक्ने हिम्मत भएको व्यक्तीलाई नेतृत्व दिन आवश्यक हुन्छ । यो पटक हामीले हरेक कोणबाट सोचेर मात्र नेतृत्व चयन गर्न आवश्यक छ । त्यसकारण यो पटक क्षमतावान् व्यक्ती चुनौं । हाम्रालाई भन्दा राम्रालाई चुनौं । यति गर्न सकियो भने साच्चै तँपाई हामीले खोजे जस्तै काँग्रेस बन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%

प्रतिक्रिया दिनुहोस