२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

नारायणीले नदीले बगाउँदा गैँडाकोटमा एक बृद्धको मृत्यु

२०७८ भाद्र १६, बुधबार प्रकाशित ( साल अघि) १६७१ पाठक संख्या

गैँडाकोट ।  नवलपुरमा नारायणी नदीले बगाँउदा एक जना बृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं ११ स्थायी घर भएका ९१ वर्षका देवीराम आर्चायको नदीले बगाएर आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

गैँडाकोट नगरपालिका वडा नं २ स्थित आफ्नै भान्जाको घरमा केहि समयदेखि बस्दै आएका आचार्य विहान नदीमा जल चढाउन भन्दै पुगेका आर्चायको नुहाउने क्रममा बगेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

उनलाई नदीले करिब ५ सय मिटर तल पुराएको र तत्कालै उद्धार गरिएको भएपनि उनलाई बचाउन नसकिएको प्रहरीले जनाएको छ।

बृद्धको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%६%१%

प्रतिक्रिया दिनुहोस