२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा कांग्रेसको वडा अधिवेशन भदौ २१ गते हुने

२०७८ भाद्र १६, बुधबार प्रकाशित ( साल अघि) १६३१ पाठक संख्या

कावासोती । नेपाली कांग्रेसले भदौ १८ गते देशभर एकैदिन वडा तहको वडा अधिवेशन गर्ने भनेपनि नवलपुरमा भने निर्धारित मितीभन्दा ढिला हुने भएको छ ।

अधिवेशनको लागि आवश्यक तयारी नपुगेको भन्दै २१ गते एकैदिन जिल्लाका सबै वडामा अधिवेशन गर्ने निर्णय भएको नेपाली कांग्रेस नवलपुरका सचिव बालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“वडा तहको अधिवेशनका लागि तयारी पुगेको छैन्, केन्द्रमा पनि १८ गर्ने कि २२ गर्ने भन्ने अन्यौल छ, हामीले २१ गते जिल्लाका बसै वडामा एकैदिन अधिवेशन गर्ने निर्णय गरेका छौं ।

निर्वाचन अधिकृत गोविन्द सिग्देलको उपस्थितिमा बसेको बैठकले भदौ २१ गते वडा अधिवेशन गर्ने निर्णय गरेको घिमिरेले बताउनुभयो ।

जिल्ला कार्य सम्पादन समितिको बैठकले नै आवश्यक तयारी नपुगेकाले तीन दिन पछि सार्दै २१ गते वडा तहको अधिवेशन गर्ने निर्णय भएको नेपाली कांग्रेस नवलपुरका सभापति विष्णु लामीछानेले बताउनुभयो ।

त्यस्तै मंसिर ९ गतेदेखि १३ गतेसम्म १४औं महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको नेपाली कांग्रेसले तल्लो तहको अधिवेशन भदौ १८ देखि कात्तिक १२ गतेसम्मा सम्पन्न गर्ने जनाएको छ ।

जसअनुसार भदौ १८ मा वडा अधिवेशन, भदौ २७ मा गाउँ÷नगर अधिवेशन, असोज १ मा प्रदेशसभा क्षेत्रीय अधिवेशन गरिनेछ ।

प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते र एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते सम्पन्न गर्ने र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म गर्ने कांग्रेसको कार्यतालिका रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%३%

प्रतिक्रिया दिनुहोस