२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

जेष्ठ ३० देखि हालसम्म बाढी पहिरोबाट ९१ जनाको मृत्यु , ६ हजार मानिस विस्तापित  

२०७८ भाद्र १५, मंगलबार प्रकाशित ( साल अघि) १२१३ पाठक संख्या

काठमाण्डौ । बाढी पहिरो र डुवानमा परी जेष्ठ ३० गते देखी भाद्र १२ शनिवारसम्म ९१ जनाको मृत्यु भएको र  ५ हजार ९ सय २४ जना मानिस विस्थापित भएको  नेपाल प्रहरीले जनाएको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बाढी पहिरोमा परेर २८ जना बेपत्ता भएका छन भने १ हजार २ सय ७५ जनालाइ विभिन्न स्थानबाट उद्धार गरि उपचारको लागि अस्पताल पुराईएको छ ।

त्यसैगरी देशभरी बाढीको कारण ३ हजार १ सय ८० घर डुबानमा परेका छन भने ९ सय घर,१ सय ५३ चैपाया गोठ, ६० वटा पुल, ८ विद्यालय र १४ सरकारी कार्यालय समेत क्षति पुगेको प्रहरीको तथ्यांकले देखाएको छ ।

मृत्यु हुनेहरुमा ४६ पुरुष , २३ महिला , १० बालक र १२ बालिका रहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस