२०८१ बैशाख १५, शनिबार
नयाँ
पछिला अपडेट

दाउन्नेमा फेरि पहिरो, पुर्व पश्चिम राजमार्ग अवरुद्ध

२०७८ भाद्र १४, सोमबार प्रकाशित ( साल अघि) १८२२ पाठक संख्या

नारायण शर्मा

पूर्वी नवलपरासी — महेन्द्रराजमार्ग अन्तर्गत बर्दघाट दुम्किबास खण्डको बीचमा पर्ने दाउन्ने पहाडमा ठाउँठाउँमा पहिरो जाँदा पूर्व–पश्चिम महेन्द्रराजमार्ग अवरुद्ध भएको छ ।

पहिरो गएको स्थानमा रोकिएका गैंडाकोटका हरि पौडेलका अनुसार दुम्किबास बजारदेखि ३ किलोमिटर पश्चिममा राजमार्गमा पहिरो खसेका कारण ४ बजेबाट यातायात अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार दाउन्नेको खुर्सानी खोला नजिक ठाउँठाउँमा ठूलो पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको छ ।

नारायणगढबाट बुटवलतर्फ जाँदै गरेका सवारीसाधन प्रहरीले दुम्कीबासमा रोकिदिएको छ भने बुटवलबाट नारायणगढतर्फ आउँदै गरेका गाडी बर्दघाटमा रोकिएको छ ।

महेन्द्रराजमार्गको गैंडाकोटस्थित थुम्सीबाट पश्चिम गएका गाडी फेरि दाउन्नेमा अलपत्र परेका छन् । पहिरो हटाउने काम भइरहे पनि दाउन्नेमा पानी परेकाले समस्या भएको प्रहरीको भनाई छ। दाउन्नेको सडकमा बाढीको भल बगेका कारण सडक हिलाम्य छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१५%५%

प्रतिक्रिया दिनुहोस