२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

घरघरमै सामाजिक सुरक्षा भत्ता , मध्यबिन्दुका असक्त नागरिक खुसी

२०७८ भाद्र १४, सोमबार प्रकाशित ( साल अघि) २४८४ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यबिन्दु नगरपालिका भित्रका अशक्तलाई घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

सिटिजन्स बैङ्क कोल्हुवा शाखाका प्रबन्धक हरि प्रसाद अधिकारीले बैंकसम्म आउन नसक्ने अशक्तलाई घरघरमै पुगेर भत्ता वितरण गर्नु भएको हो ।

प्रबन्धक अधिकारी सहितको टोलीले मध्यबिन्दु नगरपालिका वाड नं १,२,३ र ४ का असक्त नागरिकलाई घरघर मै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्नु भएको छ ।

IMG_20210830_050607

बैंकसम्म आएर सामाजिक सुरक्षा भत्ता लिन नसक्नेलाई वडाको समन्वयमा बैंकले घरदैलोमै सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन थालेको वडा अध्यक्ष नारायण पौडेलले जानकारी दिनु भयो ।

आगामी दिनमा पनि अशक्त समूहका लक्षित वर्गलाई घरदैलोमै सेवा उपलब्ध गराउन व्यवस्था मिलाइने अध्यक्ष पौडेलको भनाई छ । नगरपालिकाले अशक्तलाई बैंक तथा वडाको समन्वयमा घरदैलोमै पुगेर सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।

नागरिकको घरदैलोमा पुगेर सामाजिक सुरक्षा भत्ता घर मै पाए पछि वडा नम्बर २ कोल्हुवाका अशक्त ८० वर्षीया टेक बहादुर खत्रीले हिड्न नसक्नेलाई घर मै भत्ता ल्याइ दिँदा खुसी भएको बताउनु भयो।

Received_1509995666025161

उहाँ लगायत उक्त टोलका एक दर्जन बढी बृद्धाबृद्धलाई घरमा पुगेर बैङ्कले भत्ता वितरण गरेको थियो । सिटिजन्स बैङ्क कोल्हुवा शाखाका प्रबन्धक अधिकारी सहितको टोलीले करिब १०० घरधुरीलाई घरमै पुगेर चार महिनाको १२ हजार रुपैयाँ भत्ता उपलब्ध गराएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%६%१%१%

प्रतिक्रिया दिनुहोस