२०८२ मंसिर २०, शनिबार
नयाँ
पछिला अपडेट

देवदहको घोडाहा पुल भासियोः पूर्वपश्चिम राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध

२०७८ भाद्र ११, शुक्रबार प्रकाशित ( साल अघि) १७३८ पाठक संख्या

बुटवल – पूर्वपश्चिम राजमार्गअन्तर्गत रुपन्देहीको देवदहस्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ।

लगातारको वर्षाका कारण देवदह – ७ शितलनगरस्थित घोडाहा खोलाको पक्की पुल भासिएको हो।

पुल भासिएपछि राजमार्गमा गाडी ओहोरदोहोर गर्न नसकेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

वैकल्पिक व्यवस्था नभएसम्म यातायात सुचारु हुन नसक्ने देवदह प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरीक्षक गंगा बहादुर सारुले बताए।

प्रहरीले भासिएको पुलबाट सवारी साधन आवागमनमा रोक लगाइएको छ।

यता अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%९%

प्रतिक्रिया दिनुहोस