२०८३ भाद्र २७, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा गैंडाको आक्रमणबाट एक जना गम्भीर घाइते

२०७८ भाद्र ९, बुधबार प्रकाशित ( साल अघि) ३६७३ पाठक संख्या

कावासोती । नवलपुरमा आज दिउँसो गैंडाको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्।

स्थानीय गुन्द्रही ढकाहा सामुदायिक वन नजिकै भैसी चराउन गएका कावासोती नगरपालिका वाड नम्बर १५ का ४८ वर्षीय याम नारायण महतोलाई दिउसो ४ बजे तिर गैंडाले हानेर गम्भीर घाइते भएका हुन्।

गैंडाको आक्रमणबाट महतोको कोखो र हातखुट्टामा गम्भीर चोट लागेको छ।

उनको मध्यविन्दु जिल्ला अस्पताल नवलपुरले प्राथमिक उपचार पछि थप उपचारको लागि भरतपुर जिल्ला अस्पताल चितवन रिफर गरिएको छ । प्रहरीका अनुसार उनको अवस्था गम्भीर छ।

त्यस क्षेत्रमा गैंडाको आक्रमणबाट बर्सेनी मानिस घाइते हुने र कतिपयको ज्यानसमेत जाने गरेको छ।
 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%२८%३%

प्रतिक्रिया दिनुहोस