२०८२ फागुन ६, बुधबार
नयाँ
पछिला अपडेट

काङ्ग्रेस केन्द्रीय सदस्य कडेंलद्वारा उपसभापति गिरीको स्मृतिमा अनावरण

२०७८ भाद्र २, बुधबार प्रकाशित ( साल अघि) १४३० पाठक संख्या

परासी । नेपाली काङ्ग्रेस पश्चिम नवलपरासीका उपसभापति स्व.सुभाष चन्द्र गिरीको स्मृतिमा निर्मित अर्धकदको शालिकको अनावरण गरिएको छ । स्व. गिरीको प्रथम पुन्य तिथिका दिन रामग्राम नगरपालिका वडा नं ८ सुभाषचन्द्र गिरी चोक लोसडामा निर्मित शालिकको बुधबार एक कार्यक्रमका बिच पुर्व गृहराज्य मन्त्रि एवं प्रतिनिधि सभा सदस्य देवेन्द्रराज कण्डेलले अनावरण गरेका हुन।शालिकको अनावरण गर्दै प्रमुख अतिथि कडेंल ले अत्यन्त मिलनसार, मृदुभाषी र सधै संगठनको काममा लागि रहने व्यक्तित्व गुमाउनु पर्दा सिंगो पार्टि दुखि भएको बताउदै समाज रुपान्तरणमा गिरिले देखाएको बाटो अबलम्बन गरे मात्र उहाँ प्रती सच्चा श्रद्धाञ्जली हुने धारणा ब्यक्त गरे ।                                                                                                                            रामग्राम नगरपालिका वडा नं ८ का वडा अध्यक्ष महेन्द्र प्रसाद ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सभापति विष्णु प्रसाद पौडेल,जसपा जिल्ला अध्यक्ष धरेन्द्र यादव, स्वतन्त्र राजनितिक समुह जिल्ला संयोजक राधेरमण पाण्डे, नेपाली कांगेसका उपसभापति अनिल गौड, रामग्राम नगरपालिका उपप्रमुख रम्भा कुवर, कृषक हकहित संरक्षण मन्चका शम्भु उपाध्याय, लगायतले स्व.गिरिले गरेका कामको चर्चा गरेका थिए । गिरिको अर्धकदको सालिक निर्माणका लागि सांसद विकास कोषबाट माननिय देवेन्द्रराज कण्डेलबाट १० लाख विनियोजन गरिएको कडेंलका स्वकिय सचिब कमल किशोर रायमाझीले जानकारी दिए । स्व. गिरीको गत वर्ष उपचारका क्रममा काठमाडौमा निधन भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%

प्रतिक्रिया दिनुहोस