२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

२०७८ भाद्र २, बुधबार प्रकाशित ( साल अघि) ८८५ पाठक संख्या

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणिकरण गरेको राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

अध्यादेश अनुसार कुनै राजनीतिक दल विभाजन गर्नका लाागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने गरी राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्दै अध्यादेश ल्याइएको हो ।

प्रदेशसभाका सदस्य र स्थानीय तहका जनप्रतिनिधिले भने दल विभाजन भएको २१ दिन भित्र दल रोज्न पाउने व्यवस्था अध्यादेशमा रहेको छ । नयाँ दल रोज्नेले भने तोकिएको समयभित्र सम्बन्धित सभामा सूचना दिन सक्ने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस