२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानी संस्थाको महसुल दर घट्यो, कोल्हुवाबासी खुसी

२०७८ श्रावण ३२, सोमबार प्रकाशित ( साल अघि) ३०४३ पाठक संख्या

कोल्हुवा । कोल्हुवा खानेपानी तथा सरसफाई  उपभोक्ता समितिले  खाने पानीको महसुलको नयाँ दररेट घोषणा गरेको छ।

समितिका अनुसार खानेपानीको धारा जडानको संख्या वृद्धि हुनुको साथै कोरोना महामारी संक्रमणको रोकथामका लागि सरकारले लकडाउन गरेको अवस्थामा उपभोक्ताको सहुलियतका लागि यस्तो निर्णय गरिएको हो ।

समितिका अध्यक्ष श्रीधर शर्माले एक सूचना जारी गर्दै कोल्हुवा खानेपानी उपभोक्ता तथा सरसफाई समिति मातहतमा रहेका उपभोक्तालाई खानेपानीको महसुल घटाएर नयाँ रेटदर कायम गरिएको छ ।

कोल्हुवा खानेपानीले लिदै आएको २०० रुपैयाँ न्युनतम महसुलबाट घटाएर १२० रुपैयाँ लिने निर्णय गरिएको छ । आइतबार कोल्हुवा खानेपानीले सूचना जारी गर्दै उक्त खानेपानी महसुल घटाएको हो ।

घरघरमा भान्सा र बाथरुमबाट निस्केको पानी करेसा बारिमा ३/३ फिटको खाल्टोमा पानी जमाई सागसब्वीको सिचाई गरेबापत उपभोक्तालाई सोही रकममा १०% छुट दिइने समेत अध्यक्ष श्रीधर शर्माले बताए ।

सोही दरमा पनि करेसाबारी प्रबर्द्धन तथा पानीको श्रोत सरक्षण बापत १०% साथै मिटर रिडिङ्ग भएको मितिले १५ भित्र महसुल भुक्तानी गर्दा ५ % गरि १५ % छुट घटाउदा क्रमशः १०२/ ,१३६/ ,१७०/ मात्रै  मासिक महसुल हुन आउने उनले जनाए ।

यो निर्णय पछि कोल्हुवामा बस्दै आएका भूमिनभएका ,आर्थिक अबस्था कमजोर भएका दलीत र आदिवासी जनजाती अन्तर्गत पर्ने ,कुमाल ,बोटे , माझी , मुसहर , थारु र असाहय जेष्ठ नागरिक, एकल महिला लगायत करिब ३ सय ५० उपभोक्ताले राहत पाउने अध्यक्ष शर्माले बताए ।

लकडाउन अझै कायमै भएसंगै स्थानीयहरुको नियमित आयश्रोत बन्द भएको छ भने दैनिक मजदुरी गरेर जीवन चलाउनेलाई झनै सकस परेको छ ।

कोल्हुवामा संस्थानले करिब १२ सय  घरधुरीलाई पानी वितरण गर्दै आएको छ । खानेपानी महसुल घटाइए पश्चात कोल्हुवाबासीले खुसि व्यक्त गरेका छन् । कोल्हुवा खानेपानी संस्थालाई  २०७६ सालमा धारा जडान बापत रु ८५००/ बुझाउनु भएका र धारा जडान नगर्नु भएका उपभोक्ताहरुलाई २०७८ भाद्र महिना भित्र धारा जोडी सक्न समेत संस्थाले अनुरोध गरेको छ ।

FB_IMG_1629133248974

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१०%४%१%

प्रतिक्रिया दिनुहोस