२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुको वडा–वडामा कोरोना खोज पडताल समिति गठन

२०७८ श्रावण ३०, शनिबार प्रकाशित ( साल अघि) ७४२ पाठक संख्या

पवित्रा पराजुली

चोरमारा ।  कोभिड–१९ संक्रमणको लक्षण देखिएका स्थानीयहरुको पहिचानको लागि नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाका सबै वडामा कोभिड–१९ केश अनुसन्धान तथा खोज पडताल समिति गठन गरिएको छ ।

कोरोना संक्रमण रोकथाम तथा स्थानीय स्तरमा फैलिन नदिन नगरपालिकाका सबै १५ वटै वडा र टोलटोलमा समिति गठन गरेर आफ्नो गाउँ आफै जोगाउँ अभियान सञ्चालन गरिएको हो ।

1165146680co

नगर स्तरिय कोभिड–१९ केश अनुसन्धान तथा खोज पडताल ९सिआइसिटी० को बैठक मार्फत कोरोना रोकथाम तथा नियन्त्रणको लागि कोरोना पहिचान समिति गठन गर्ने निर्णय भए अनुसार नगरभित्रका विभिन्न वडा र टोलहरुमा समिति गठन गरिएको मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखाका माधव प्रसाद पोखरेलले बताउनुभयो ।

पाँच सदस्य समितिमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वयम्सेवीका र स्थानीय समाजसेवी सदस्य रहनेछन् ।  समितिले आफ्नो टोल तथा वडाका प्रत्येक घरमा पुगेर परिवारको स्वास्थ्य अवस्थाबारे जानकारी संकलन गर्छ ।

त्यसरी स्वास्थ्य अवस्थाबारे जानकारी संकलनको क्रममा परिवारका सदस्यहरुमा कोभिड–१९ संग मिल्दो लक्षणहरु देखिए चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा एन्टिजेन परिक्षणको लागि सिफारिस गरिने सुआहारा दोस्रो कार्यक्रम वेस नेपालका सहजकर्ता सकुन्तला नेपालीले बताउनुभयो ।

यसरी संकलन गरिएको सुचनाको आधारमा कोभिड–१९ परिक्षण भए संक्रमितको अवस्था हेरी उपचारको व्यवस्था मिलाइएको नेपालीले बताउनुभयो । यो अभियान सञ्चालनको लागि नगरपालिकालाई आर्थिक सहयोग सुआहारा दोस्रो कार्यक्रम वेस नेपालले गरेको छ।

समितिले आफ्नो टोल तथा वडामा नयाँ व्यक्ति आएको सुचना वडामा गराउने, संक्रमितलाई स्वस्थ्य माफदण्ड पालन गर्न सहयोग गर्नेछ । पछिल्लो समय स्वास्थ्य संस्थाहरुमा स्थानीय स्तरमा कोभिड–१९ को लक्षण संग मिल्दो लक्षणहरु देखिएको घटनाहरु धेरै आएको र स्थानीय व्यक्तिहरु कोभिड–१९ परिक्षण गर्न इच्छुक नहुदाँ हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै गठन गरिएको समिति प्रभावकारी बन्ने नगरपालिकाको विश्वास रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस