२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुर प्रहरीले सुरु गर्‍यो ‘तपाईंको मास्क खै’ अभियान

२०७८ श्रावण २९, शुक्रबार प्रकाशित ( साल अघि) १४०३ पाठक संख्या

कावासोती । लकडाउन खुकुलो भएपनि कोभिड-१९ को जोखिम झन बढेको भन्दै नवलपुरमा प्रहरीले मास्क अभियान थालेको छ । मास्क नलगाई यात्रा गर्ने सर्वसाधरणलाई सचेत गराउनका लागि जिल्ला प्रहरी कार्यालयको अगुवाईमा ‘तपाईको मास्क खै’ अभियान सुरु गरेको हो ।

कामना विकास बैङको सहकार्यमा जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालयको आयोजनमा सन्चालन गरिएको अभियानमा मास्क नलगाउनेलाई मास्क प्रदान गरिएको र सवारी चालकहरुलाई कोरोनाबाट जोगिनका स्वास्थ्य मापदण्डको पुर्ण पालना गर्न सचेत गराईएको जिल्ला ट्राफिक कार्यालय नवलपुरका प्रमुख नारायण थापाले बताए ।

प्रहरीले सदरमुकाम र आसपासका मूख्य बजारक्षेत्रमा सर्वसाधरण र सवारीचालकलाई मास्क वितरण गर्दै अभियान चलाएको छ । मास्क प्रयोग नगरी हिँड्ने सर्वसाधरणलाई मास्कलाई अनिवार्यता गर्न अनुरोध गर्दै सचेतनामूलक अभियान थालेको प्रहरी निरीक्षक थापाले बताए ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मास्क नलगाई सडकमा यात्रा गरिएको भेटिएमा प्रहरीले कारबाही समेत गर्ने बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस