२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाइने

२०७८ श्रावण २९, शुक्रबार प्रकाशित ( साल अघि) ९६२ पाठक संख्या

कावासोती ।  विद्यार्थीहरुलाई सरकारले कोभिड–१९ विरुद्धको खोप दिने भए सगै नवलपुरमा पनि विद्यार्थीले खोप लगाउने भएका छन् ।

त्रिभुवन विश्वविद्यालयका परीक्षार्थीहरुलाई खोप लगाउनका लागि जिल्लाका आठ वटै स्थानीय तहबाट विद्यार्थीहरुका विवरण माग गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार विद्यार्थीहरुको विवरण संकलन गरेर एष्ट्राजेनेका तथा भेरोसेल खोपको पहिलो मात्रा लगाइने भएको छ ।

अहिले तथ्याङ्क संकलन गर्ने र तीन दिनभित्र जिल्लामा तथ्याङ्क दिन स्थानीय तहलाई भनिएको छ । त्यसपछि खोप तालिका सार्वजनिक गर्ने चापागाईले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%६%

प्रतिक्रिया दिनुहोस