२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

काँग्रेस गण्डकी प्रदेशसभाको प्रमुख सचेतकमा ओमकला गौतम

२०७८ श्रावण २९, शुक्रबार प्रकाशित ( साल अघि) १३२३ पाठक संख्या

पोखरा  । गण्डकी प्रदेशसभामा सत्तारुढ नेपाली काँग्रेसको प्रमुख सचेतकमा ओमकला गौतम चयन भएकी छन् ।

संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले गौतमलाई उक्त पदमा नियुक्त गरेका हुन् । यस अघिका प्रमुख सचेतक मणिभद्र शर्मा कँडेल मन्त्रीमा नियुक्त भएपछि रिक्त रहेको पदमा गौतम नियुक्त भएकी हुन् । यस अघि गौतम सचेतक रहेका थिए ।

सचेतक गौतम प्रमुख सचेतकमा नियुक्त भएपछि मल्ल सचेतकमा नियुक्त बनेका हुन् । नियुक्त भएका ओमकला नवलपरासी पूर्वबाट समानुपातिक सांसद बनेकी हुन भने मल्ल स्याङ्जाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

काँग्रेसको संसदीय दलको नेता रहेका कृष्णचन्द्र पोखरेलको नेतृत्वमा गण्डकी प्रदेशमा नयाँ सरकार गठन भएपछि दलभित्रका पदाधिकारी हेरफेर भएका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस