२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

लुम्बिनीका मुख्यमन्त्री केसीसहित ७ मन्त्रीले लिए शपथ

२०७८ श्रावण २८, बिहिबार प्रकाशित ( साल अघि) ८८७ पाठक संख्या

बुटवल– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनीयताको शपथ लिएका छन्। नवनियुक्त मुख्यमन्त्री केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ गराएका हुन्। बिहीबार दिउँसो ४ बजेका लागि समय तय गरिएको भए पनि झन्डै डेढ घन्टापछि मात्रै शपथ गराइएको थियो।

मुख्यमन्त्री केसीले सात सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका छन्। नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको चार दलीय गठबन्धनबाट केसी मुख्यमन्त्री बनेका हुन्। नवनियुक्त मुख्यमन्त्रीले आन्तरिक मामिला तथा कानुन, स्वास्थ्य तथा जनसंख्या, भूमि व्यवस्था कृषि तथा सहकारी र शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी लिएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले बिहीबार नै नवनियुक्त मन्त्रीको शपथ खुवाएका हुन्।

कांग्रेसका डिल्ली चौधरी ग्रामीण तथा सहरी विकासमन्त्री, नेकपा माओवादी केन्द्रका कृष्णध्वज खड्का आर्थिक मामिला तथा योजना मन्त्री र जनता समाजवादी पार्टीका सहसराम यादव भौतिक विकास तथा पूर्वाधार मन्त्री भएका छन्। यस्तै जनता समाजवादीका पुरमती ढेगा, सुमन शर्मा रायमाझी र स्वतन्त्रबाट अजय शाही विना विभागीय मन्त्रीका रुपमा शपथ लिएका छन्। शाही सूर्य चुनाव चिह्नबाट चुनाव लडेका थिए।

प्रदेश प्रमुख मुख्यमन्त्रीमा केसीको मात्रै दाबी परेको थियो । संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको  प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसामु पेस भएको दाबीअनुसार केसी मुख्यमन्त्री नियुक्त भएका हुन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस