२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा कोरोना रोकथामका लागी  माक्स अभियान  

२०७८ श्रावण २८, बिहिबार प्रकाशित ( साल अघि) ८०२ पाठक संख्या

चोरमारा । महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता माक्स लगाउनु नै हो आजको आवश्यकता भन्ने नारा सहित मध्यविन्दु नगरपालिकामा नेपाल माक्स अभियान शुरु गरिएको छ ।

मध्यविन्दु नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा र सुआहारा दोस्रा कार्यक्रम वेश नेपालको प्राविधिक सहयोगमा आज देखि मध्यविन्दु नगरपालिकामा सो अभियानको शुरुवात गरिएको हो ।

म पनि माक्स लगाउँछु र अरुलाई पनी माक्स लगाउन प्रेरित गर्छु भन्ने अभियान सहित सुआहारा र स्वास्थ्य शाखाका स्वयम् सेवकहरु मध्यविन्दु नगरपालिकाको चोरमारामा अभियानमा सहभागी भएका हुन् ।

आज मध्यविन्दु नगरपालिकाको चोरमारा बजारमा पूर्वपश्चिम राजमार्गमा यात्रा गर्ने यात्रु सवारी चालक र माक्स प्रयोग नगर्ने नागरिकलाई सेचत गराईएको सुआहारा द्रोसो कार्यक्रम वेश नेपालका सहजकर्ता सकुन्तला नेपालीले बताउनुभयो ।  सो क्रममा प्रतिव्यक्ति एउटा माक्स समेत वितरण गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस