२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

देवचुलीमा भोलिदेखि दोस्रो चरणको कोभिशिल्ड खोप लगाइने

२०७८ श्रावण २५, सोमबार प्रकाशित ( साल अघि) ५३६ पाठक संख्या

देवचुली , 
देवचुली नगरपालिकामा भोलि र पर्सि दोस्रो चरणको कोभिशिल्ड खोप लगाइने भएको छ । देवचुली नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार पहिलो चरणको खोप लगाएको ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई दोस्रो चरणको कोभिडशिल्ड खोप लगाइने भएको हो। यस खोप लगाउनको लागी ४ वटा खोप केन्द्र रहेका छन्।

साउन २६ र २७ गते देवचुली नगरपालिकाको वडा न १ देखि ५ सम्मको लागी दुम्कौली अस्पताल केउरेनिमा , देवचुली ६ देखि ९ सम्मको लागी देवचुली स्वास्थ्य चौकी रामबासमा , देवचुली १० देखि १५ सम्म्मको लागी प्रगतिनगर स्वास्थ्य चौकीमा र देवचुली १६, १७ को लागी रजहर स्वास्थ्य चौकीमा कोभिडशिल्ड खोप लगाइने छ ।

खोप लगाउन जाँदा पहिलो चरणको खोप लगाएको खोपकार्ड अनिवार्य लानुपर्ने  र खोप लगाउने समय बिहान १०:३० बजे देखि बेलुका ४ बजे सम्म रहेको देवचुली स्वास्थ्य शाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस