२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा भोलीदेखी कोभिशिल्ड खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम

२०७८ श्रावण २५, सोमबार प्रकाशित ( साल अघि) ८०७ पाठक संख्या

कावासोती । कोरोना विरुद्धको खोप कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकसहित सबैलाई भोलिदेखि दोस्रो मात्रा लगाइदैछ ।

जिल्ला स्वास्थ्य कार्यालयले भुटान र जापानबाट आएको एष्ट्राजेनिकाको खोप कोभिशिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकहरुलाई दोस्रो मात्रा लगाउन लागेको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले कोभिशिल्डको पहिलो मात्रा लगाएको खोप कार्ड लिएर आउने सबैलाई दोस्रो मात्रा दिइने बताउनुभयो ।

चापगाईका अनुसार भोलि अर्थात् मंगलबार र बुधवार जिल्लाका स्थानीय निकायले खोप लगाउने बताउनुभयो । कार्यालयले हिजो नै सबै स्थानीय तहहरुलाई खोप लगाउने बारे पत्रचार गरिसकेको जानकारी दिनुभयो ।

जिल्लामा ज्येष्ठ नागरिकहरुलाई गत माघ र फागुनमा कोभिशिल्डको पहिलो मात्रा लगाइएको थियो । गैँडाकोट नगरपालिकामा ३८६५, देवचुली नगरपालिकामा १७६४, कावासोतीमा २१९५, मध्यविन्दुमा २३८३, विनयीत्रिवेणी गाउँपालिकामा १००९, हुप्सेकोटमा ४८६, बुलिङटारमा १०२५ र बौदीकालीमा ६७६ जनालाई खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

भारतले अन्य देशहरुलाई खोप नदिने बताएपछि सरकारले खरिद गरिसकेको खोपमध्ये १० लाख डोज खोपसमेत ल्याउन नपाएपछि कोभिशिल्डको पहिलो मात्रा लगाएको ५ महिनापछि एष्ट्राजेनिकाको खोप दिन लागिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस