२०८१ बैशाख २३, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सोमबार ९१ जनामा संक्रमण पुष्टि

२०७८ श्रावण २५, सोमबार प्रकाशित ( साल अघि) ७७१ पाठक संख्या

नवलपुर । नवलपुरमा पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सोमबार जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणमा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार थपिएका संक्रमित मध्ये गैंडाकोटमा ८, देवचुलीमा १५, कावासोतीमा ४७ , मध्यविन्दुमा ९ , विनयीत्रिवेणीमा ४, हुप्सेकोटमा ७ जना र जिल्ला बहिरका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सोमबार  थपिएका ९१ जना संक्रमित सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७२८ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%५%१%

प्रतिक्रिया दिनुहोस