२०८१ बैशाख २२, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा भदौ १ गतेदेखी दोस्रो चरणको कोरोना खोप लगाइने

२०७८ श्रावण २५, सोमबार प्रकाशित ( साल अघि) १२११ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिकामा कोभिडविरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकालाई भदौ १ गतेबाट दोस्रो चरणको खोप लगाइने भएको छ ।

पहलो चरणको खोप असार ३१ देखि साउन ८ गते सम्म लगाएका नागरीकलाई दोस्रो चरणको खोप भदौ १ र २ गते लगाइने भएको हो ।

त्यस्तै गरि साउन ८ गते पछि लगाउने नागरीकलाई भने भदौ १० र ११ गते लगाइने व्यवस्था गरिएको नगरपालिकाले सुचना मार्फत जनाएको छ ।  पहिलो खोप लगाएकाहरुलाई मात्रै दोस्रो चरणको खोप लगाइने सूचनामा उल्लेख गरिएको छ ।

नगरपालिकाले ७ वटा खोप केन्द्र तोकेको जनाएको छ । चोरमारा प्राथमिक स्वस्थ्य केन्द्र, नवलपुर स्वास्थ्य चौकी,नारायणी स्वास्थ्य चौकी,नयांबेलहानी स्वास्थ्य चौकी, प्रसौनी स्वास्थ्य चौकी, मैनाघाट स्वास्थ्य चौकी, राकाचुली स्वास्थ्य चौकीमा खोप लगाइने व्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ । पहिलो मात्रा लगाएकाले कार्ड अनिवार्य देखाउनुपर्नेछ ।

FB_IMG_1628451344794

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस