२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

कावासोतीमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु

२०७८ श्रावण २४, आईतबार प्रकाशित ( साल अघि) १९०९ पाठक संख्या

कावासोती । कावासोतीमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्यमा समस्या देखिए पछि मध्यविन्दु जिल्ला अस्पतालमा भर्ना गरिएका कावासोती १६ बस्ने ८२ बर्ष पुरुषको मृत्यु भएको हो ।

सक्रिय संक्रमित ७ सय १४ रहेको छ भने आईतबार थप १ जनाको मृत्यु भए संगै जिल्लामा मृत्यु हुनेको सख्या हाल सम्म १ सय ४७ पुगेको छ ।

नवलपुरमा पछिल्लो २४ घण्टामा २२ जना नयां सक्रमित थपिएका छन् । संक्रमण पुष्टि हुनेमा गैँडाकोटका ९, कावासातीका २, मध्यविन्दुका ८, विनयी त्रिवेणीका ३ जना रहेका छन् ।

त्यसैगरी निको हुनेको सख्या भने ६२ रहको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%३%३%

प्रतिक्रिया दिनुहोस