२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

चितवनमा कोरोना संक्रमणबाट आज ६ जनाको मृत्यु

२०७८ श्रावण २४, आईतबार प्रकाशित ( साल अघि) ६६० पाठक संख्या

चितवन । चितवनमा कोरोना संक्रमणबाट आज एकैदिन छ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनले आज उपलब्ध गराएको तथ्यांकअनुसार आज भरतपुर अस्पतालमा तीन जना, चितवन मेडिकल कलेजमा दुई जना र पुरानो मेडिकल कलेजमा एक जनाको मृत्यु भएको हो ।

मृतकहरु मध्ये चितवनका तीन जना, धादिङको एक जना, तनहुँको एक जना र नवलपरासीको एक जना रहेका छन् । त्यसैगरी चितवनका विभिन्न अस्पतालमा कोरोनाका २६० जना बिरामी रहेका छन् । जसमध्ये आईसीयूमा ९६ जना, भेन्टिलेटरमा ३२ जना, एचडीयूमा ५३ जना र जेनरल बेडमा १११ जना रहेका छन् । चितवनमा विगत २४ घण्टामा २४ जना कोरोनाका बिरामी विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस