२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

जनतासामु गरेका बाचा पुरा हुन्छन्– मुख्यमन्त्री नेपाली

२०७८ श्रावण २३, शनिबार प्रकाशित ( साल अघि) ९७५ पाठक संख्या

खगेन्द्र पराजुली

नवलपुर । दुई पटक संबिधान सभा सदस्य र एक पटक संघीय सांसद गरि निरन्तर तीन पटकसम्म नवलपुर क्षेत्र नं. १ बाट केन्द्रीय संसदमा नेतृत्व गरेका नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले जनतासमक्ष गरेका बाचा पुरा गर्न नसकेको आरोप खेपिरहेका बेला मुख्यमन्त्री बनेपछि कृष्णचन्द्र नेपालीले उक्त आरोपलाई मिथ्या सावित गर्ने सुरमा छन् ।

मुख्यमन्त्री वनेपछि दोस्रो पटक गृहजिल्ला आएका कृष्णचन्द्र नेपाली पोख्रेलले गृहनगर गैंडाकोटमा जनतासमक्ष गरेका वाचा पुरा गर्ने आश्वासन दिएका छन् । मुख्यमन्त्री नेपालीले पार्टी, आफू र नवलपुरका जनताको मतबाट संघीय सांसद बनेका नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नवलपुरवासीसँग गरेका प्रतिवद्धता अव कार्यान्वयनमा ल्याएर पूरा गर्ने बताएका हुन् ।

डा.कोईरालाले आफ्नो निर्वाचन क्षेत्र नवलपुरमा विपि अन्तर्राष्ट्रिय खेल मैदान, ट्रमा सेन्टर र नारायणी नदीदेखी त्रिवेणीसम्मको जल यातायातको बिषय पटक–पटक उठाउँदै आएका थिए । यी योजना आफू मुख्यमन्त्री भएपछि चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेटमै समावेश गरी अघि बढेको बताउँदै ढुक्क हुन नेपालीले आग्रह गरेका छन् ।

 

गैंडाकोट नगरपालिका वडा नं. १ को नवदुर्गा आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटनका क्रममा गैंडाकोटमा अन्तर्राष्ट्रिय खेल मैदान निर्माणका लागि ३ करोड डिपिआरका लागि छुट्याएको बताए । त्यस्तै, अत्याधिक सडक दुर्घटना हुने जिल्लाको सूचीमा रहेको नवलपुरमा ट्रमा सेन्टर स्थापना गर्ने योजना प्राथमिकतामा राख्दै डिपिआरको काम थालिएको बताए । मुख्यमन्त्री नेपालीले नारायणी नदीमा त्रिवेणीसम्म र कालीगण्डकीमा समेत जल यातायातको सम्भावनाको अध्ययनका लागि बजेट विनियोजन गरेको सुनाए । यतिवेला सरकारको नेतृत्व नेपाली काँग्रेसले गरेको हुँदा कालीगण्डकी नदीको पानी पथान्तर (डाईभर्सन) गर्ने सन्दर्भलाई कुनै हालतमा हुन नदिने जिकिर गरे ।

मुख्यमन्त्री नेपालीले गण्डकी प्रदेश पनि कोभिड महामारी र बाढि पहिराको चपेटाबाट परेको भन्दै सबै नागरिकलाई खोप दिलाउन सरकार प्रतिवद्ध रहेको बताए । उनले मनाङ र मुस्ताङका १८ बर्षमाथीका सबै नागरिकले खोप पाईसकेको र अरु जिल्लामा पनि ३५ प्रतिसत हाराहारीले खोप लगाएको बताए । बाढी पहिरा प्रभावितका लागि उद्धार सहित आवास ब्यवस्थापनका लागि प्रदेश सरकारले ध्यान पुर्याईरहेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस