२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

गण्डकीमा ५७३ जनामा कोरोना संक्रमण, थप ५ जनाको मृत्यु

२०७८ श्रावण २३, शनिबार प्रकाशित ( साल अघि) ११५९ पाठक संख्या

चोरमारा । गण्डकी प्रदेशमा थप ५७३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशका विभिन्न अस्पतालहरुमा गरिएको पीसीआर र एण्टिजेन नमूना परीक्षणमा ५७३ जनामा संक्रमण देखिएको हो ।

संक्रमितमध्ये २८५ महिला र २८८ जना पुरुष रहेका छन् ।प्रदेशका ७ जिल्लामा गरिएको नमूना परिक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै पर्वतमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्‍चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।

उनकाअनुसार कास्की १८३, बागलुङ ५४, स्याङ्जा १४, म्याग्दी २४, पर्वत २,गोरखा १०९, लमजुङ २७ तनहुँमा ९६ र नवलपुरमा ६४ जनामा संक्रमण देखिएको हो ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७१ हजार ५४१ पुगेको छ ।प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ५ जनाको मृत्यु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस