२०८२ फागुन २६, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा १ जना संक्रमितको मृत्यु ,सक्रिय संक्रमितको संख्या ८१८ पुग्यो

२०७८ श्रावण २३, शनिबार प्रकाशित ( साल अघि) १६६८ पाठक संख्या

कावासोती । नवलपुरमा एक जना संक्रमितको निधन भएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार देवचुली १५ निवासी ६१ बर्षीय पुरुषको शुक्रबार निधन भएको हो ।

यो सहित नवलपुरमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४६ पुगेको छ।

नवलपुरमा शुक्रबार ६२ जना कोरोना संक्रमित थपिएका छन्। थपिनेमा गैँडाकोटका १६, देवचुलिका १२, कावासोतीका २६, मध्यविन्दुका ६, विनयी त्रिवेणीका ५, हुप्सेकोटका १ जना सहित ६२ जना थपिएका हुन् ।

त्यसैगरी शुक्रबार ४१ जना संक्रमित निको भएका छन् । नवलपुरमा अहिले सक्रिय संक्रमितको संख्या ८ सय १८ पुगेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस