२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा भेरोसेलको दोस्रो डोज भाद्र १ र २ गते लगाईने

२०७८ श्रावण २२, शुक्रबार प्रकाशित ( साल अघि) १५७० पाठक संख्या

सुस्मा न्यौपाने

कावासोती  । पूर्वि नवलपरासीमा असार ३१ गतेदेखि साउन १५ गतेसम्म विभिन्न मितिमा भेरोसेल खोप लगाएकाहरुका लागि दोस्रो डोज आगामी भाद्र महिनाको १ र २ तथा १० र ११ गते लगाईने भएको छ ।

जिल्ला कोभिड १९ खोप समन्वय तथा अनुगमन समितिको बैठकले दुई चरणमा दोस्रो मात्रा उपलव्ध गराउने निर्णय गरेको हो ।

असार ३१ गतेदेखि साउन ८ गतेसम्म भेरोसेल खोप लगाएकाहरुलाई भाद्र १ र २ गते दोस्रो डोज लगाईने र साउन ९ गतेदेखि पछि खोप लगाएकाहरुलाई भाद्र १० र ११ गते दोस्रो डोज लगाउने निर्णय गरिएको स्वास्थ्य कार्यालय नवलपरासी पूर्वका प्रमुख केशव प्रसाद चापागाईले जानकारी दिनुभयो ।

५५ वर्ष उमेर समूह माथिका नागरिक, स्वास्थ्यकर्मी, शिक्षक तथा ब्यवसायी गरि जिल्लामा ३५ हजार ६८ जनाले भेरोसेल खोप लगाएका थिए ।

जिल्लाका आठ स्थानीय तहहरु मध्ये बौदीकाली र बुलिगंटार गाउँपालिकामा दोस्रो डोजको लागि खोप पठाइसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

गैँडाकोट नगरपालिकामा ९८०३,
देवचुली नगरपालिकामा ५६५८,
कावासोती नगरपालिकामा ८३३२,
मध्यविन्दु नगरपालिकामा ४८९३,
विनयीत्रिवेणी गाउँपालिकामा ३२०७,
हुप्सेकोट गाउँपालिकामा १४०८,
बौदीकाली गाउँपालिकामा ९८०
बुलिगंटार गाउँपालिकामा ७८७

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
११%१%१%

प्रतिक्रिया दिनुहोस