२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा एकैदिन १ सय १५ जनामा कोरोना संक्रमण

२०७८ श्रावण २१, बिहिबार प्रकाशित ( साल अघि) ६८७ पाठक संख्या

कावासोती । पछिल्लो २४ घण्टामा थप १ सय १५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार आज जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणमा १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

विहिबार थपिएका संक्रमित मध्ये गैंडाकोटमा १८, देवचुलीमा ४१, कावासोतीमा २६ , मध्यविन्दुमा १८ , विनयीत्रिवेणीमा ५ , हुप्सेकोटमा ५ र बौदीकालीमा १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

बिहिवार थपिएका ११५ जना संक्रमित सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७९६ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस