२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

काठमाडौंमा पनि बढ्यो कोरोना संक्रमण, एकैदिन १०७५ जना संक्रमित

२०७८ श्रावण २१, बिहिबार प्रकाशित ( साल अघि) ६६३ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरमा गरि १ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार भक्तपुरमा १४६ जना, ललितपुरमा १६३ र काठमाडौंमा ७६६ गरि कुल १ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस