२०८१ बैशाख १७, सोमबार
नयाँ
पछिला अपडेट

कोरोनाको कहरमा नागरिकको दायित्व

२०७८ श्रावण १८, सोमबार प्रकाशित ( साल अघि) ४४४ पाठक संख्या

कावासोती । विपद् र महामारी बाजा बजाएर आउँदैन । यो भवितव्यं आइपर्छ । अचानक आएको विपद र महामारीलाई समाधान गर्न हामी अतालिन्छौ ।

अब के हुन्छ ? बाचिन्छ या मरिन्छ ? जस्ता प्रश्नहरु हाम्रो मनमा उठि रहन्छ । तर पनि समयको गतिसँगै यसलाइ आफनै तरिकाले साम्य पार्दै लैजानु पर्छ । यस्तै यस्तै घडिमा हामी नेपाली उभिएका छौ ।

वर्षायामले पुराउने विनाश र कोरोना माहामारीले मार्ने त्रास दुई डरको विचमा हामी उभिएका छौ । विपदलाइ रोकथाम गर्न नेपाल सरकारले अनेकन उपायहरु गरिहेको छ । यसको लागि नेपाली सेना , सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले आ आफनो तर्फबाट राज्यले तोकेको कार्य गर्दै आइरहको छ । यसलाई केहि हदसम्म रोकथाम गर्न सकिएला तर चुनौतिको बादल कोरोना रोकथाममा देखिन्छ ।

सन २०१९ को नोभेम्बर महिनाको मध्यमा चिनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रभाव पुरा विश्वमा एकै साथ पर्यो । यो कस्तो महामारी आयो ? मान्छे बाट मान्छे टाढा भाग्नु पर्ने ? मुखमा मास्क अनिवार्य हुनै पर्ने । व्यक्तिले आफनो दिनचर्यामा यसलाइ प्रयोग गर्दै आयो ।

संसारका शक्तिशालि मानिने अमेरिका, बेलायत, चिन, फ्रान्स, इटलि, स्पेन र अष्टेलिया जस्ता राष्ट्रहरु कोरोनाको सुरुवाती क्षणमा असफल देखिए । किनकी यो भवितव्यं आइ परेको माहामारि थियो । विश्व स्वास्थ्य संगठनको विज्ञहरुको एक टिम भाइरस पत्ता लगाउन लागि परेको थियो भने अर्को समुह विश्व जोगाउन तत्काल अपनाउनु पर्ने सावधानिको प्रचार गरिरहेको थियो ।

सावधानिको प्रचारमा लकडाउन नै एक उत्तम उपाय थियो । विश्वका धेरै मुलुक लकडाउनमा बस्यो । नेपाल पनि लकडाउनमा बस्यो । विश्वको लागि नै पहिलो प्राक्टिस थियो लकडाउन । विश्व नै शोकमा थियो कोरोनाको पहिलो क्षणमा । पछि विस्तारै भ्याक्सिन पत्ता लगाएपछि अहिले विश्वले अलि राहत पायो । तर पछिल्लो समय कोरोनाको तेस्रो वेभ आएको छ । यस बाट बच्ने पनि एक उपाय भ्याक्सिन र भित्रै बस्नु पर्ने ।

यसै सन्दर्भमा नेपालमा कोरोना रोकथामको लागि सरकारले गरेको उपायहरुमा बन्दाबन्दी प्रमुख उपाय थियो । यस क्षणमा सबै कोठा भित्र बस्नु पर्ने , तोकिएको समयमा पसल सञ्चालन । कहि आवातजावत गर्न बन्देज । बाहिरी कामबाट सबै मुक्त थिएउ । कोरोना सम्बन्धि विश्व समाचार हामिले छिन छिनमा प्राप्त गरिरहेका थिएउ र पनि हामिलाइ यो महामारि केहि होइन जस्तो लाग्थ्यो ।

कतिले त यो राजनीति हो, सरकारले नागरिक मार्न खोजेको पनि भन्न भ्याए । तर आखिर कोरोना के रहेछ भन्ने कुरा त कोरोनाको दोस्रो वेभमा देखियो । अक्सिजन सिलिन्डरको अभावमा कोरोना सक्रमित धेरै मृत्युवरण हुनु पर्यो । सबै अस्पतालहरु सक्रमितले भरिन थाले ।

उपचार गराउन ठाउँको अभाव भयो । सक्रमितलाइ घरमै उपचार समेत गर्ने स्थिती भयो । कति काहालिदो थियो त्यो क्षण । हामी नेपालीले भोगेका छौ तर पनि हामीले अलिकति ध्यान नपुरादा, घर समाज र राष्ट्रप्रतिको दायित्व नबुझदा खतरानाक स्थितीको समाना गर्नु पर्ददो रहेछ । र फेरी पनि यहि दिन दोहरिन नसक्ला भन्न सकिन्न ।

हालैमात्रै स्वास्थ्य तथा जनसख्या मन्त्रालयले विज्ञेप्ती जारी गर्दै आफना मातहतका अस्पतालहरुलाइ सिलिन्डरको व्यवस्थापन गर्न निर्देशन दिइ सकेको छ । त्यसैले नागरिक सचेत बनौ । तेसो वेभको चपेटाबाट मुक्त हुन सावधानीहरु अपनाउनु पर्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस