२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिका भित्र भौत्तिक उपस्थितिमा पठनपाठन नगर्न निर्देशन

२०७८ श्रावण १८, सोमबार प्रकाशित ( साल अघि) १७६३ पाठक संख्या

चोरमारा । कोरोना भाईरसको तेश्रो भेरियेन्ट बढदै गएपछि पूर्व नवलपरासीको मध्यविन्दु नगरपालिकाले बिद्यालयहरुलाई भौत्तिक उपस्थितिमा पठनपाठन नगर्न निर्देशन दिएको छ ।

कोरोनाको दोश्रो भेरियन्टको प्रकोप निरन्तर रही रहेको र फेरी कोभिड संक्रमितहरुको संख्या क्रमश बढ्दै गएको छ ।

नगरपालिकाका विद्यालयहरुमा बैकल्पिक सिकाईको माध्यममबाट पठनपाठन गर्न यसअघि देखि नै निर्देशन भएको र कोभिड १९ को संक्रमण यथावत रहेको वर्तमान अवस्थामा मध्यबिन्दु नगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरुलाई अर्को सूचना नहुदासम्म विद्यार्थीको भौतिक उपस्थितमा विद्यालय संचालन नगर्न सबैमा मध्यविन्दु नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका उपसचिव टेक प्रसाद पाण्डेद्वारा जारी विज्ञप्तीमा जनाईएको छ ।

कोरोनाको उच्च जोखिम कायमै रहेको बिद्यमान अवस्थामा स्वास्थ्य मन्त्रालयले समेत जोखिम फैलँदै गएकोले सावधानी अपनाउँन अनुरोध गरेकाले भौत्तिक रुपमा सञ्चालनमा रहेका विद्यालयहरुलाई बैकल्पिक माध्यमबाट विद्यालय सञ्चालन गर्न निर्देशन भएको थियोे । हेर्नुहोस सूचना !!!

FB_IMG_1627840408418

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस