२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

देवचुलीमा एकैदिन थपिए २६ जना कोरोना संक्रमित

२०७८ श्रावण १७, आईतबार प्रकाशित ( साल अघि) ४८८ पाठक संख्या

देवचुली । नवलपुरको देवचुलीमा एकैदिन २६ जना कोरोना संक्रमित थपिएका छन् ।

आइतबार देवचुली नगरपालिका द्वारा दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको ७४ जनाको एन्टिजिन परिक्षणमा २६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

जसमा देवचुली नगरपालिका वडा नं १ का ४ जना, वडा नं २ का २ जना, वडा नं ४ का १ जना, वडा नं ७ का १ जना, वडा नं ११ का ५ जना, वडा नं १२ का १ जना, वडा नं १३ का १ जना, वडा नं १५ का ३ जना, वडा नं १६ का ५ जना र वडा नं १७ का १ जनाको कोरोना संक्रमण पुष्टि भएको देवचुली नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

देवचुली नगरपालिकामा पछिल्लो केही दिन यता संक्रमितको संख्या उच्च रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस