२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा कडा लकडाउन गर्ने प्रशासनको तयारी

२०७८ श्रावण १७, आईतबार प्रकाशित ( साल अघि) २९७५ पाठक संख्या

सुस्मा न्यौपाने
नवलपुर । नवलपरासी (पूर्व)मा कोरोना संक्रमितको संख्या एक हजारको नजिक पुगेको छ । जिल्लामा जारी निषेधाज्ञाको प्रभावकारी कार्यान्वयन हुन नसक्दा संक्रमितको संख्या दिनानुदिन बढ्दै गैरहेको हो ।शनिवार विहानसम्म जिल्लामा कोरोना संक्रमितको संख्या ८९६ पुगेको छ । जिल्लाका ८ स्थानीय तहहरुमध्ये सबैभन्दा बढि कावासोती नगरपालिकामा संक्रमितको संख्या तिव्र रुपमा बढ्दै गएको छ ।

कावासोती नगरपालिकामा हाल ३५१ जना सकृय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयले उपलव्ध गराएको तथ्याकं अनु्सार कावासोती नगरपालिका पछि देवचुली नगरपालिकामा संक्रमितको संख्या उच्च छ । देवचुलीमा शनिवार विहानसम्म १९५ जना संक्रमित देखिएका छन् । त्यसैगरी जिल्लाको गैँडाकोट नगरपालिकामा १२६ जनामा कोेरोना पोजेटिभ देखिएको कार्यालयले जनाएको छ ।

मध्यविन्दु नगरपालिकामा ८७, विनयीत्रिवेणी गाँउपालिकामा ५६, हुप्सेकोट गाउँपालिकामा ३४, बुलिङ्गटार गाउँपालिकामा १२ र बौदीकाली गाउँपालिकामा ६ जना संक्रमित रहेका छन् । त्यसैगरी मध्यविन्दु जिल्ला अस्पतालमा १८ जना र अन्य निजि अस्पतालमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शिव मन्दिरहरुमा निगरानी 

नवलपुर प्रहरीले शिव मन्दिरहरुमा निगरानी बढाएको छ । साउने सोमबारको अवसर पारेर महिलाहरु पुजाका नाममा शिव मन्दिरमा पुुगेर भिडभाड गरेपछि प्रशासनले त्यसलाई रोक्ने बताएको छ । भगवानको पुजा गर्ने नाममा मन्दिरहरुमा भिडभाड भै कोरोना संक्रमण समेत बड्दै गएको गुनासो आएपछि प्रशसनले त्यसतर्फ आँखा लगाएको हो ।

प्रशासन लकडाउनकाे तयारीमा 

जिल्ला प्रशसन कार्यालय नवलपारसी( पूर्व) ले जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि लकडाउनको तयारी गरेको बताएको छ । प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले संक्रमितको संख्या बढ्दै गएपछि लकडाउन गर्ने बारे प्रशासनले सोचिरहेको बताउनुभयो ।
”संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ: यसको नियन्त्रणको लागि प्रभावकारी लकडाउन नै हो यसबारे प्रशासनले ध्यान दिइरहेको छ उहाँले भन्नुभयो” । स्वास्थ्य भन्दा ठुलो कुरा अरु हुनै नसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी पंगेनीले सबैले अनुशासन पालना गर्नुपर्नेमा जोड दिनुभयो । जिल्लाका सार्वजनिक स्थानमा प्रहरीले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको बारे सुक्ष्म रुपमा अवलोकन गरिरहेको उहाँको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१९%११%२%२%६%९%

प्रतिक्रिया दिनुहोस