२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

मानव बेचविखन विरुद्धको अन्तराष्ट्रिय दिवस मनाईदै

२०७८ श्रावण १५, शुक्रबार प्रकाशित ( साल अघि) २७४२ पाठक संख्या

काठमाण्डौ । नेपालमा मानव बेचविखन तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ ।

यसै अन्तर्गत महिला तथा बालबालिका बेचविखन विरुद्ध सहकर्मी समुह नेपाल ९एटविन० ले सरकार समक्ष मानव बेचविखन तथा ओसारपसारको विरुद्धमा ७ बुदे माग राख्दै यथासम्भव सम्बोधन गर्न आग्रह गरेको छ ।

दिवसको अवसरमा एटविनले प्रेस विज्ञप्ती जारी गर्दै गत असार १० गते महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको पहलमा श्रीलंकामा समस्यामा परि बसेको २५ जनालाइ उद्दार गरेको मा धन्यवाद ज्ञापन गरेको छ ।
यसैगरी विज्ञप्तीमा बन्दाबन्दीको कारण मनोरञ्जन क्षेत्रका श्रमिकहरु जोखिममा परेको र श्रमिकहरु आत्महत्या गरेको घटनाले स्तब्ध भएको समेत उल्लेख गरेको छ ।

पछिल्लो समय नेपालमा मानव बेचविखन तथा ओसारपसारका घटनाका श्वरुपहरु फरक फरक ढंगले आइरहेको छ । आन्तरिक बेचविखन अन्तर्गत देश भित्रै विभिन्न बाहनामा प्रलोभन देखाइ शारिरीक तथा मानसिक शोषण गर्नुको साथै  बढदो शहरीकरण, बजारमा भइरहेको शोषणमूलक श्रम सम्बन्धहरु तथा पर्याप्त र प्रभावकारी सुरक्षा प्रणालीका अभावका कारण मानव बेचविखन तथा ओसारपसारका घटनाहरु बढी रहेका छन ।

यि घटनामा प्राय महिला बालबालिका प्रभावित भएका छन भने बैदेशिक रोजगारीको नाउमा बाह्य बेचविखन बढि रहेको छ । नेपालमा मानव बेचविखन तथा ओसारपसार विरुद्धको अन्तराष्ट्रिय दिवस जुलाइ ३० मा मनाइदै आइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%१%

प्रतिक्रिया दिनुहोस