२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासाेती र विनयीत्रिवेणीबाट १५ जुवाडे पक्राउ

२०७८ श्रावण १३, बुधबार प्रकाशित ( साल अघि) २९९७ पाठक संख्या

कावासाेती । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जिल्लाका विभिन्न स्थानबाट १५ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।उनिहरुको साथबाट ४७ हजार ८७५ रुपैयाँ बरामद भएको छ ।विनयी त्रिवेणी गाउँपालिका र कावासोती नगरपालिकाका विभिन्न स्थानबाट उनिहरु पक्राउ परेका हुन् ।
विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ स्थित यमबहादुर बयम्बुको घरमा तास खेलिरहेको अवस्थामा यमबहादुर बयम्बु सहित सोहि स्थानका ३८ वर्षका देवीलाल विक र ३७ वर्षका तारा बहादुर राहु मगर पक्राउ परेका छन्। उनिहरुको साथबाट ३ बुक तास र ११ हजार ९९० रुपैया बरामद गरिएको डिएसपी दिलिप कुमार गिरीले जानकारी दिनुभयो ।

त्यसैगरी कावासोती नगरपालिका वडा नं. १७ वरौली स्थित ध्रुव ढकालको कुखुरा फर्ममा जुवा खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनिहरुको साथबाट २२ हजार ७९० रुपैँया बरामद भएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेहरुमा कावासोती नगरपालिका वडा नं. १७ का ३५ वर्षका टिकाराम लामिछाने, वर्ष ३९ का खुम बहादुर घले, वर्ष ३९ का गोविन्द थनेत, वर्ष ३४ का पुरन रजाली मगर, वर्ष ३० का हुम बहादुर महतो, ३८ वर्षका मोतीराम धामी र ३६वर्षका दानबहादुर मगर रहेका छन् ।

प्रहरीले  कावासोती नगरपालिका वडा नं. १७ स्थित बाबुराम बि.क. को घरमा जुवा खेलिरहेका ५ जनालाई  पक्राउ गरेको छ । उनिहरुको साथबाट १३ हजार ९५ रुपैँया बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व)ले जनाएको छ ।पक्राउ पर्नेमा घरधनी बाबुराम बिक सहित वर्ष ६३ का खड्क बहादुर कामी, वर्ष ६४ का नवलसीहं सार्की, वर्ष ५२ का धनबहादुर सुनार र वर्ष ५२ कै नरपती अधिकारी रहेका छन् ।पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुर अन्तर्गत अनुसन्धान कार्य अघि बढाईएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
६%४%१%१%६%

प्रतिक्रिया दिनुहोस