२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु कांग्रेस नगर सभापतिमा ४ जना मुख्य आकांक्षी

२०७८ श्रावण १२, मंगलबार प्रकाशित ( साल अघि) २०६९ पाठक संख्या

कावासोती । मुलुकै सबैभन्दा ठुलो पुरानो भनेर चिनिएको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको १४ औ महाधिबेशनको मिति नजिकिदै जाँदा पार्टी भित्र नेतृत्व कस्ले लिने भन्ने विषयमा रस्साकस्सी शुरु भएको छ ।

पार्टी संबद्ध व्यक्तिहरू आफ्नो पोल्टामा टिकट प्राप्त गर्नको लागि नेता रीझाउने देखि कार्यकता जमघट लगायतका गतिविधिलाई तिव्र पारेका छ्न । अधिवेशनको मिति नजिकिँदै गर्दा नवलपुरको मध्यविन्दु नगरपालिका भरी नेपाली कांग्रेसको राजनीतिक सरगर्मी बढ्न थालेको हो ।

मध्यबिन्दु नगरपालिकाको सभापतीमा ४ जना नेताहरुले नेतृत्वको आकांक्षा देखाए सँगै नगरमा अधिवेशनको सरगर्मी बढेको छ । आकांक्षाहरुले औपचारिक रुपमा उम्मेदवारी घोषणा नगरे पनि सभापतिका आकांक्षीहरुले भने कार्यकर्ता भेटघाटलाई तिब्र बनाएका छ्न ।

दोमन भण्डारी :- बर्तमान नगर सभापती दोमन बहादुर भण्डारीले पुन एक कार्यकाल नगर सभापतीमा नै रहेर काम गर्ने बताए । भण्डारीले नवलपुर न्युजसँग भने,युवा साथीभाई सबैले एक कार्यकाल दोहोर्याउन सुझाव दिएका छन्, कार्यकर्ताको चाहना र भावनालाई सम्बोधन गर्दै सभापतिमा पुनः उम्मेदवारी दिन्छु । ’उनले आफ्नो कार्यकालमा जिल्लामा पार्टीलाई थप बलियो बनाउनको लागि पनि एक कार्यकाल सभापतिमा उम्मेदवारी दिन लागेको बताए। ‘मेरो कार्यकालमा पार्टी संगठनलाई बलियो बनाउने काम भएको छ, अब स्थानीय चुनावमा पार्टीलाई थप सुदृढ गरेर अगाडि बढन पनि मैले उम्मेदवारी दिन लागेको हुँ’, भण्डारीले भने । नन्दभाउजू मध्यवर्ति उपभोक्ता समितिका अध्यक्ष सहित नारायणी सह–लगानी खानेपानीको अध्यक्ष समेत रहेका भण्डारीले नगरको भावी पुनः नेतृत्वका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छ्न ।

बिन्दु काफ्ले :- नेपाली कांग्रेस मधविन्दुका नेता बिन्दु काफ्ले नगर सभापतिमा उम्मेदवारी दिने भएका छन् । कांग्रेसका वडा सभापति समेत रहेका उनले कांग्रेस नगर अधिबेशन नजिकिरहेको बेला  सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । मधविन्दु काङ्ग्रेसलाई एक ढिक्का बनाइ आगामी स्थानीय,प्रदेश,सङ्घको निर्वाचनमा बलियो बनाउन आफूले सभापतिमा उम्मेदवारी दिन लागेको बताए । उनले भनेका छन्, –‘मेरो उम्मेदवारी कांग्रेसलाई थप बलियो बनाउन भएको र यसमा सवैको साथ र सहयोग रहने छ ।’ वर्तमान नवजागरण नमुना मावि चोरमाराका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका काफ्ले मध्यविन्दुमा कांग्रेसलाई थप सुढृण बनाउन आफूले नेतृत्वमा दावी गरेको बताए । साविक तम्सरिया गाविसको उपाध्यक्ष समेत रहेका काफ्ले नेपाली कांग्रेस साविक तम्सरीया गाविस सभापति साथै साविक क्षेत्र नम्बर ३ का क्षेत्रिय सचिव भएर काम गरिसकेका छन् ।

मध्यविन्दु नगर सभापती पदको लागि मध्यविन्दु नगरपालिकाका दुई जनप्रतिनिधिहरु समेत आकांक्षीको रुपमा रहेको पाईएको छ । मध्यविन्दु नगरपालिका–१२ का वडा अध्यक्ष कुल बहादुर गुरुङले नगर सभापतिमा उम्मेदवारी दिने भएका छन् । नेपाली काङ्ग्रेस मध्यविन्दु नगरको भावी नेतृत्वका लागि वर्तमान वडा अध्यक्ष समेत रहेका गुरुङले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।

त्यस्तै मध्यविन्दु नगरपालिका वार्ड नंबर १५ का वडा अध्यक्ष जोग बहादुर थारुले पनि नेपाली कांग्रेस मध्यविन्दु नगर सभापतिको लागि कार्यकर्ता भेटघाट शुरु गरेका छ्न । उनले नेपाली काँग्रेस अब आफ्नो नेतृत्व आवश्यक रहेको बताउदै पार्टीलाई सुदृढ बनाउदै लैजानको लागि उम्मेदवारी दिन लागेको दाबी गरेका हुन। नेपाली काँग्रेसको १४ औं महाधिबेशनको मिति नजिक आउँदै गर्दा जिल्ला देखि क्षेत्र र वडासम्मका बिभिन्न पदहरुमा धेरै नेताहरुले आफ्नो उम्मेदवारी दाबी गर्न थालेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%३%४%३%१%

प्रतिक्रिया दिनुहोस