२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

गण्डकीमा ह्वात्तै बढे संक्रमित : कास्कीमा सबैभन्दा धेरै

२०७८ श्रावण ११, सोमबार प्रकाशित ( साल अघि) ९१२ पाठक संख्या

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमित ह्वात्तै बढेका छन् । गण्डकीमा सोमवार ७ सय १० जना थपिए । आइतबार ४ सय ४७ जना संक्रमित भेटिएको गण्डकीमा सोमवार ७ सय १० जना भेटिएको हो ।

सोमवार भेटिएकामध्ये सबैभन्दा धेरै कास्कीका ३ सय ४ जना छन् । कास्कीमा सक्रिय सङ्क्रमितको सङ्ख्या १३ सय ७७ जना पुगेको छ ।

यसैबिच कोरोना भाइरस सङ्क्रमणबाट सोमवार पोखरामा मात्रै सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये पाँच जना कास्कीका हुन् भने बागलुङ, स्याङ्जा का एक एक जना छन् ।

यस्तै, नवलपुरका एक जना सङ्क्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय आपत्कालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

गण्डकीमा पछिल्लो २४ घण्टामा निको हुने सङ्क्रमितको सङ्ख्या ३ सय ७४ जना रहेको संयोजक शर्माले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस