२०८१ जेष्ठ ७, सोमबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा छुट भएकालाई भोली खोप लगाइँदै

२०७८ श्रावण ११, सोमबार प्रकाशित ( साल अघि) १४१७ पाठक संख्या

चोरमारा । मध्यविन्दु नगरपालिकामा १२ गते भेरोसेल र ज्यानसेन खोप लगाइने भएको छ ।

कोभिड विरुद्धको खोप लगाउन छुट भएकाहरुलाई मध्यविन्दु नगरपालिकाले मंगलबार खोप लगाउने भएको हो।

यसअघि खोप लगाउन छुट भएका लक्षित वर्गका व्यक्तिलाई नगरपालिकाले नगर भित्रका खोप लगाइरहेको केन्द्रमा लगाउने कार्यक्रम रहेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

स्वास्थ्य शाखाका अनुसार ५० वर्ष माथिका हालसम्म एक मात्रा पनि खोप नपाएका नागरिक, खोप लगाउन छुट भएका सबै शिक्षकहरु, कर्मचारीहरु, उद्योग वाणिज्य संघ,  होटेल व्यावसायिक,स्वास्थ्यकर्मी ,सरसफाईकर्मी, सार्वजनिक यातायातका चालक तथा सहचालक, अत्यावश्यक सेवामा संलग्न खोप लगाउन छुटेका व्यक्ति र खोप अनिवार्य गरेका देशमा जाने नागरिकलाई खोप लगाइने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खोप लगाउन आउँदा परिचयपत्र खुल्ने कागजात नागरिकता वा मतदाता परिचयपत्र र विदेश जाने नागरिकको हकमा पासपोर्ट र भिसा ल्याउन आग्रह गरिएको छ । हेर्नुहोस सूचना !!!

FB_IMG_1627305969699

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस