२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा एकैदिन १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि

२०७८ श्रावण ११, सोमबार प्रकाशित ( साल अघि) १३२३ पाठक संख्या

कावासोती । पछिल्लो २४ घण्टामा थप १ सय १८ जनामा कोरोना भाइरस ( कोभिड १९ ) को संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पुर्ब नवलपरासीका अनुसार आज जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणमा १ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार थपिएका संक्रमित मध्ये गैंडाकोटमा २३, देवचुलीमा १९ कावासोतीमा ५३, मध्यविन्दुमा ७, विनयी त्रिवेणिमा ८, हुप्सेकोटमा ६ र जिल्ला बाहिरका २ जना रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सोमबार थपिएका १ सय १८ जना संक्रमित सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७ सय ७० पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस