२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

दोषीलाई कार्वाहीको माग गर्दै सरकारलाई ध्यानकर्षण 

२०७८ श्रावण ११, सोमबार प्रकाशित ( साल अघि) १३५० पाठक संख्या

काठमान्डौ । कञ्चनपुरकी १२ वर्षीय बालिका निर्मला पन्तको हत्या भएको तिन वर्ष वित्दा पनि दोषीलाइ कानूनी कार्वाहिमा ल्याउन नसकेकोमा  न्यायका लागि अधिकार सञ्जालले  सरकारको ध्यानाकर्षण गरेको छ ।

उक्त सञ्जालका संयोजक इन्द्र अर्यालले आइतबार एक प्रेस  विज्ञप्ती जारी गर्दै सरकारले  घटनाका दोषीलाइ कानूनी दायरामा ल्याइ जनतामा कानूनी राज्यको आभाष  दिलाउनु पर्ने बताउनु भएको छ । साथै उक्त घटनामा सम्बन्धीत िनकायले घटनाको छानविन,प्रमाण संकलन र दोषीलाइ कार्वाहीको दायरासम्म ल्याउने जिम्मेवार निकायहरू दायित्वबाट विमुख भइ अपराधि जोगाउने आम जनतामा त्रास फैलाउनेकाम गरेको बताइएको छ ।

यसै गरी पिडितले न्याय नपाएको कार्य फौजदारी कानून संविधान,अन्तराषिट्रय मानव अधिकार तथा नेपाल पक्ष भएको संधि सम्झौता विपरित रहेको विज्ञप्तीमा उल्ल्ेख गरिएको छ ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको २०७५ सावन १० गते बलत्कार पछि हत्या भएको थियो । उनको शब दुइ दिन पछि उखुबारीमा फेला परेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस