२०८१ जेष्ठ २, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा काेराेना संक्रमणकाे दर उच्च आज मात्र ७९ जनामा संक्रमण

२०७८ श्रावण १०, आईतबार प्रकाशित ( साल अघि) १२१९ पाठक संख्या

कावासोती । नवलपुरमा कोरोना संक्रमितको संख्या उच्चदरमा बढ्दै गएको पाइएको छ ।

स्वअनुशासन र मास्कको प्रभावकारी प्रयोग नहुँदा संक्रमितको संख्या बढ्दै गएको पाइएको हो ।

पछिल्लो २४ घण्टामा मात्रै नवलपुरमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गैँडाकोटका १० जना, देवचुलीका १६ जना, कावासोतीका ३८ जना, मध्यविन्दुका ५ जना, विनयी त्रिवेणीका ५ जना, हुप्सेकोटका ३ जना र अन्य जिल्लाका २ जना गरि ७९ जनामा संक्रमण देखिएको हो ।

<span;>जिल्लामा अहिले पनि ६६२ जना सक्रिय संक्रमित रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस