२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु कांग्रेस नगर सभापतिमा पुन भण्डारीको उम्मेदवारी घोषणा

२०७८ श्रावण ९, शनिबार प्रकाशित ( साल अघि) २१२४ पाठक संख्या

सागर पोख्रेल

मध्यविन्दु । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिदै जादाँ केन्द्रिय पदाधिकारी देखी, स्थानीय वडा कमीटीको नेतृत्व होडवाजी चली रहदा मध्यविन्दु नगरपालीकामा भने नगर सभापतीमा खासै उमेद्वारी को चर्चा चलेको छैन ।

मध्यविन्दु नगरपालिकामा हाल सम्म बर्तमान नगर सभापती दोमन बहादुर भण्डारीले पुन एक कार्यकाल नगर सभापती रहेर कार्य गर्ने   अनलाईनलाई जानकारी दिएका छन ।

गैडाकोट नगरपालिकामा नगर सभापती पदमा ५ जना नेताहरुले नेतृत्वको आकांक्षा देखाएका छन भने कावासोती नगरपालिकामा ६ जनाले आकांक्षा देखाएका छन । मध्यविन्दु नगरपालीकामा भने नगर सभापतीमा अन्य केही व्यक्तिहरुले समेत नगर सभापतीमा आकांक्षा राखेको जनाएका छन ।

केही जिल्लाको क्रियाशिल सदस्यता विवाद समाधान नभएको कारणले अन्य आकांक्षीहरुले उमेद्वारी धोषण नगरेको जनाईएको छ । नेपाली काङ्ग्रेसको आजको केन्द्रिय समितिको बैठकले साउन १२ गते गर्ने भनेको वडा अधिबेशन भने स्थगीत गर्ने निर्णय गरेको छ ।

बर्तमान नगर सभापती दोमन बहादुर भण्डारीले पहिलो कार्यकाल सिकाइको अवस्था रहदा रहदै पनी प्रदेश सदस्य र स्थानिय निर्वाचनमा विजयी गराउन सफल भएको भन्दै काग्रेसलाई थप उचाईमा पु¥याउन र पाटीमा युवा सहभागीताको लागी दोस्रो कार्यकालको लागी मध्यविन्दु नगरपालिकाको नगर सभापतीमा उमेद्वारी दिने निधो गरेको बताए ।

उनले हाल सबै पाटीका युवाहरुले राजनितीमा युवा सहभागीता खोजी रहेकाले गर्दा समेत आफु नेपाली काग्रेसको मध्यविन्दु नगरपालिकाको नगर सभापतीमा पुन उमेद्वारी दिने बताउनु भयो । मध्यविन्दु नगरपालिकाको नगर सभापतीमा वर्तमान सभापती दोमन बहादुर भण्डारीले उमेद्वारी सार्वजनिक गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%५%१%५%

प्रतिक्रिया दिनुहोस