२०८१ बैशाख २८, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा पौडी खेल्ने क्रममा डुबेर  एक जनाको मृत्यु  

२०७८ श्रावण ८, शुक्रबार प्रकाशित ( साल अघि) ३०१९ पाठक संख्या

कावासोती । नवलपुरको विनयी त्रिबेणी गाउँपालिका ५ चुकाहास्थित विनयी खोलामा सिंचाई गर्नको लागि बाँधिएको भैंसे सिंचाई बाँधमा पौडी खेल्ने क्रममा डुबेर सोही ठाउँ बस्ने १६ वर्षीय हिमाल लम्काहा मगरको बिहीबार दिउँसो मृत्यु भएको छ ।

उक्त बाँधमा डुबेर उनी बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी सर्दी र ईलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको खोजी गर्ने क्रममा घटनास्थलबाट अन्दाजी ५ सय मिटर टाढा उनको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१३%१%

प्रतिक्रिया दिनुहोस