२०८१ बैशाख २८, शुक्रबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा निःशुल्क कुक तालिम सञ्चालन हुँदै

२०७८ श्रावण ८, शुक्रबार प्रकाशित ( साल अघि) ८५४ पाठक संख्या

कोल्हुवा । मध्यबिन्दु नगरपालिका वाड:२ को वडा कार्यालयले कुक तालिम निःशुल्क सञ्चालन गर्ने भएको छ ।

असल छिमेकी नेपालको आर्थिक सहयोगमा उक्त सिपमुलक तालिम हुने भएको हो । उक्त कार्यक्रम कोल्हुवा स्थित वडा कार्यालयमा यहि साउन ७ गते देखी १५ गते सम्म फारम भर्ने काम सुरु भइरहेको वडा अध्यक्ष नारायण पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा निःशुल्क ६५ दिने तालिम २० जनालाई प्रदान गरिने वडा अध्यक्ष पौडेलले बताउनुभयो । तालिममा सहभागीहरूले कार्यक्रम सकिएपछि सिप परिक्षण मार्फत प्रमाण–पत्र प्राप्त गर्नेछन्। उक्त तालिम विपन्न तथा पिछडीएका वर्गलाई लक्षित गरि सञ्चालन गर्न लागिएको बताइएको छ ।

तालिममा सहभागीलाई देश तथा विदेशमा रोजगारीका लागि सहयोग हुने र यस्ता तालिमले गरिबी न्युनिकरण गरि स्वरोजगार बन्न टेवा पुर्याउने पौडेलको भनाई छ ।

तालिममा सहभागी हुन इच्छुक व्यक्तिले साउन १५ गते सम्ममा फारम भरिसक्नुपर्ने बताइएको छ । फारम भर्नका लागि भने वडा कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

तालिमका सहभागीहरु
• सिट संख्या २० जना मात्र
• स्थानः मध्यविन्दु नगरपालिका २ वार्ड कार्यालय
फारम भर्ने मितिस् २०७८ श्रावण ७ गते देखि १५ गते सम्म
• मध्यविन्दु नगरपालिका २ भित्रका स्थायि बसिन्दा इच्छुक योग्य व्यक्तिहरु
• योग्यताः १० पास देखि माथि
• उमेर : १८ बर्ष देखि ४० बर्ष भित्र
• अवश्याक कागजतहरु
हस्तलिखित निवेदन,शैक्षिक प्रमाण पत्र प्रतिलिपी ,नेपाली नागरीकताको प्रतिलिपी,पासपोर्ट साइजको फोटो १ प्रति

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
५%३%१%

प्रतिक्रिया दिनुहोस