२०८१ बैशाख २८, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा जोन्सन एण्ड जोन्सन खोप आज देखी लगाईने  

२०७८ श्रावण ८, शुक्रबार प्रकाशित ( साल अघि) १०९३ पाठक संख्या

चोरमारा । कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत शुक्रबार देखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप पहिलो मात्रा लगाइँदै छ । यो खोप एक पटक लगाए मात्रै लगाए पुग्ने छ ।

मध्यबिन्दु नगरपालिकाको स्वास्थ्य शाखाको सूचना अनुसार साउन ८ र ९ गते जोन्सन एण्ड जोन्सनको खोप लगाईन लागेको सुचनामा उल्लेख गरिएको छ ।

जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालबाट बिदेश जाने नेपालीलाई दिइँदै छ ।

शुक्रबार बिहान १०:३० बजेदेखि नगर भित्रको विभिन्न खोप केन्द्रमा कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान शुरु हुने भनेर नगरपालिकाको सूचना मार्फत जानकारी दिईएको छ ।

हेर्नुस् सुचना !!!

FB_IMG_1626981087377

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस