२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

चितवनमा मृत भेटिएका व्यक्ति सैनिक हवल्दार, गोली हानी हत्या गरिएको आशंका

२०७८ श्रावण ७, बिहिबार प्रकाशित ( साल अघि) १८२८ पाठक संख्या

चितवन  । गोली लागे मृत अबस्थामा भेटिएका व्यक्तिको पहिचान खुलेको छ । आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर १७ मानसिङ् चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा युवक मृत अबस्थामा फेला परेका थिए ।

मृत्यु भएका युवक धादिङ्को निलकण्ठ नगरपालिका घर भई नेपाली सेनाको महेन्द्रदल गण राष्ट्रिय निकुञ्ज टोखामा कार्यरत हुद्दा ३६ वर्षिय भरत गुरुङ् रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक सूर्य वहादुर थापाका अनुसार उनको दाहिने कामनमा र दोस्रो कानको माथिपट्टी भागमा चोट देखिएको छ । उहाँका अनुसार घटना स्थलमा गोलीको एउटा खोका पनि भेटिएको छ ।

घोलमा गढेको अबस्थामा भेटिएको शव पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याईएको छ । घटनाको बिषयमा अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस