२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नेपाली काङ्ग्रेसबाट मन्त्री बन्नेहरुको अग्रसुचीमा देवेन्द्रराज कंडेल  

२०७८ श्रावण ७, बिहिबार प्रकाशित ( साल अघि) ३१६२ पाठक संख्या

काठमाडौँ ।  सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको प्रारम्भिक सुची तयार भएको छ ।

महामन्त्री पूर्णबहादुर खड्कासहित कांग्रेसका नेताहरुको छलफलले कांग्रेसबाट मन्त्री बन्नेहरु नाम तय गरेका हुन् ।

समाचार स्रोतका अनुसार देवेन्द्रराज कँडेल,किशोरसिंह राठौर मन्त्री बन्ने सम्भावना बढेको छ ।

पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित देवेन्द्रराज कंडेल शेर बहादुर देउवाका विश्वास पात्र पनि हुनुहुन्छ । प्रतिद्वन्द्वीलाई करिव १० हजार बढी मतान्तरले पराजित गर्न सफल हुनुभएका कंडेलले संचार मन्त्री बन्ने पक्का पक्की जस्तै भएको छ ।

त्यस्तै मिनेन्द्र रिजाल र सञ्जयकुमार गौतम मध्ये बाट एक जना मन्त्री बन्ने चर्चा छ । महामन्त्री पुर्ण बहादुर खड्काको समूहबाट कांग्रेस सचेतक पुष्पा भुसाल, वरिष्ठ नेता रामचन्द्र पौडेलको समूहबाट राजन केसी  र कृष्णप्रसाद सिटौलाको समूहबाट भीमसेनदास प्रधान मन्त्री बन्ने सम्भावना बढि रहेको स्रोतले जनाएको छ ।

यस गठबन्धन सरकारमा कांग्रेसले ६ मन्त्रालय पाउने लगभग पक्का जस्तै छ । यसअघि नै प्रधानमन्त्री देउवाले आफ्नै समूहका नेता बालकृष्ण खाणलाई गृहमन्त्री र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाइसकेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१३%५%१%१%१%

प्रतिक्रिया दिनुहोस