२०८१ बैशाख १४, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा जोन्सन एन्ड जोन्सनको खोप साउन ८ देखि लगाइने

२०७८ श्रावण ५, मंगलबार प्रकाशित ( साल अघि) १८६७ पाठक संख्या

कावासोती । नवलपुरमा कोभ्याक्स कार्यक्रम अन्तर्गत अमेरिकाबाट प्राप्त भएको जोन्सन एण्ड जोन्सनको कोरोनाविरुद्धको खोप साउन ८ गते देखि साउन १२ गतेसम्म लगाइने भएको छ ।

जिल्लाको कोभिड १९ खोप समन्वय तथा अनुगमन  समितिको आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले जिल्लाका स्थानीय तहहरुलाई ८ गतेदेखि १२ गतेको समयावधिभित्र खोप लगाउन आग्रह गरिएको बताउनुभयो ।

अमेरिकाबाट जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप प्राप्त भएको थियो । खोप लगाउनका लागि ५० देखि ५४ वर्ष उमेर भित्रका नेपाली नागरिकले उमेर खुल्ने सरकारी कागजात अनिवार्य रुपमा पेश गर्नुपर्ने जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । उक्त खोप एक डोज मात्रै लगाए पुग्ने बताइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस